National flag
logo
समाचार

श्री राष्ट्रिय सूचना आयोगको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्वन्धी नियमावली, २०६५ ले निर्धारण गरेका उद्देश्य तथा लक्ष्य प्राप्तिका लागि ऐनको दफा १९ मा उल्लेखित प्रवर्द्धनात्मक कार्य अन्तर्गत सूचनाको हकका अन्तर्राष्ट्रिय मान्यताहरु र यस बारे हाल भैरहेका विकासका आयामहरु, यस ऐनका प्रावधानहरु सम्बन्धी सैद्धान्तिक ज्ञान एवं यसको प्रचलनका लागि भएका कठिनाईहरु, सोलाई सम्बोधन गर्न आयोगका तर्फबाट भैरहेका पहलहरु समेतलाई समेटी स्याङजा जिल्ला स्थित सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम त्यहाँको सदरमुकाम पुतली बजारमा संचालन गरिएको थियो ।  

 

राष्ट्रिय सूचना आयोगको आयोजना, जिल्ला प्रशासन कार्यालय स्याङजाको संयोजन तथा जिल्ला विकास समिति स्याङजाको आवश्यक सहयोगमा जिल्ला विकास समिति स्याङजाको सभाकक्षमा आयोजित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा आयोगका सूचना आयुक्त श्री यशोदा तिम्सीनाज्यूबाट पानसमा बत्ती बाली सम्पन्न भएको थियो ।