National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगका प्रमुख सू्रचना आयुक्त श्री कृष्णहरि बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित सूचनाको हक सम्बन्धी एक दिने अभिमुखीकरण तालीमको २०७१ चैत्र ६ गते दोलखाको सदरमुकाम चरिकोटमा उद्घाटन गर्नुभयो ।

प्रमुख आयुक्त बाँस्कोटाले उद्घाटन समारोहमा सूचनाको हकको प्रचलनमा सरकार, पत्रकारिता क्षेत्र र गैर सरकारी संस्थाले सहकार्य गर्नु पर्ने कुरा बताउदै परदार्शिताको वकालत गर्ने सबैले सर्वप्रथम आफै पारदर्शि हुन सल्लाह दिनुभयो । साथै उहाँले सूचनाको हक जनताको नैसर्गिक अधिकार भएकाले त्यसको संरक्षण, प्रबन्ध र प्रचलनमा राष्ट्रिय सूचना आयोग लागी परेको कुरा बताउनु भयो ।

नेपाल पत्रकार महासंघ, दोलखाद्वारा आयोजित छुट्टै कार्यक्रममा पनि प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनता र सरकारको बीचमा सेतुको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रले सूचनाको हकको प्रचलनमा निर्वाह गरेको भूमिकाको मुग्ध कण्ठले प्रशंसा गर्नुभयो ।

पत्रकार महासंघ दोलखाको कार्याक्रमको  चरिकोटस्थित जि.वि.स. भवनमा सम्पन्न भएको थियो भने प्रधानमन्त्री कार्यालयद्वारा आयोजित कार्यक्रम जिल्ला प्रशासन कार्यालयको हलमा सम्पन्न भएको थियो । सो बखत सो जिल्लाका सरकारी  कार्यालयका सूचना अधिकारीहरुको नामावली सार्वजनिक गरिएको थियो । कार्यक्रममा सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा र उपसचिव देवी थपलियाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा करिब ७५ जनाको सहभागिता थियो ।