National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अयोजित प्रशिक्षक प्रशिक्षणको आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गर्नु भयो । ३ दिनसम्म चल्ने सो कार्यक्रममा सरकारी तालीम केन्द्रका प्रशिक्षकहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख आयूक्त बाँस्कोटाले सबै तालीम केन्द्रले सूचनाको हकलाई आफ्नो तालीममा समावेश गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिम्सिना तथा स्टाफ कलेजका डा. तारक के.सी. ले पनि बोल्नु भएको थियो ।