National flag
logo
समाचार

२०६५ माघ  १२  गते, २००९ जनवरी २५  - पश्चिमाञ्चलको पोखरास्थित नेपाल सरकारका क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरूको सूचनाको हक विषयमा क्षेत्रीय गोष्ठी सम्पन्न भयो । गोष्ठीमा लोकतन्त्रमा सार्वजनिक निकायमा रहेका सूचनामा जनताको पहुँच हुनु पर्ने र सूचनाको हकसम्बन्धी ऐनले गरेका व्यवस्थाका साथै ऐनको प्रभावकारी कार्यान्वयनमा सम्भावित समस्याहरू र सूचना दिँदा पालन गर्नु प्रक्रियाहरूका बारेमा व्यापक रुपमा छलफल भयो र सूचना व्यवस्थापनका सम्बन्धमा उपयोगी सुझावहरू प्राप्त भयो । 

गोष्ठीमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त श्री श्रीआचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आयोगका सचिव डा.गणेशराज जोशीले सहजीकरण गर्नु भएको थियो । का.मु. क्षेत्रीय प्रशासक श्री रुद्रकुमार श्रेष्ठको अध्यक्षतामा पोखरास्थित क्षेत्रीय कृषि निर्देशनालयको सभाकक्षमा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा २२ जना सहभागी हुनुहुन्थ्यो ।