National flag
logo
समाचार

उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित सूचनाको हक सम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त श्री कृष्णहरि बाँस्कोटाले लोकतन्त्रको मापककारुपमा रहेको सूचनाको हकलाई कसैले पनि अवरुद्ध गर्न नमिल्ने कुरा बताउनु भयो । कानूनले निर्दिष्ट गरेको कर्तव्य पालन नगर्नेले दण्डित हुनुपर्ने कुरा बताउँदै उहाँले विशेष उत्साहका साथ जनतामा अधिक भन्दा अधिक सूचना प्रवाह गर्न आग्रह गर्नु भयो । उहाँले ३।३ महिनामा सूचना सार्वजनिक गर्न, सूचना अधिकारी तोक्न र सूचना मांग गर्न आउनेलाई सूचना दिन पनि सम्बद्ध पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी, पत्रकार लगायत करिब १०० जनाको उपस्थिति थियो ।