National flag
logo
समाचार

प्रमुख सूचना आयुक्त श्री विनयकुमार कसजूले सहभागीहरूको स्वागत गर्दै सूचनाको हकको महत्व, यसको सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रकाश पार्नु भयो । उहाँले सूचना अधिकारीका लागि आयोगले चाँडै नै निर्देशिका प्रकाशित गर्ने जानकारी दिनुभयो । सो गोष्ठीमा राष्ट्रिय सूचना आयोगका सचिव डा. गणेशराज जोशीले सूचनाको हक ऐन र नियमावलीका विभिन्न पक्ष तथा सूचना माग्न आउनेसँग गर्नुपर्ने व्यवहारकाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा सहभागीहरूले सूचनाको हक ऐनको कार्यान्वयनसँग सम्बन्धित जिज्ञासा र सुझाव राख्नु भएको थियो । गोष्ठी व्यावसायिक कृषि विकास आयोजनाका प्रमुख श्री योगेन्द्र कुमार कार्कीको अध्यक्षतामा क्षेत्रीय कृषि निर्देशनालयको सभाकक्षमा भएको थियो । गोष्ठीमा ५५ जना सहभागी हुनुहुन्थ्यो । 

सूचनाको हक विषयमा पूर्वांचल क्षेत्रीय अन्तरक्रियात्मक गोष्ठी सम्पन्न 
२०६५ फागुन  २१  गते, २००९ मार्च ४ – पूर्वांचलका क्षेत्रीय कार्यालयहरूमा कार्यरत सूचना अधिकारीहरुका लागि आयोजित सूचनाको हक कार्यान्वयनसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी विराटनगर स्थित क्षेत्रीय कृषि निर्देशनालयको सभाकक्षमा सम्पन्न भयो । गोष्ठीको सुरुमा सहभागीहरूलाई स्वागत गर्दै प्रमुख सूचना आयुक्त श्री विनयकुमार कसजूले सूचनाको हकका सैद्धान्तक तथा व्यावहारिक पक्षका बारेमा प्रकाश पार्नु भएको थियो ।  

पूर्वांचल क्षेत्रीय कृषि निर्देशक डा. श्याम किशोर शाहको अध्यक्षतामा भएको सो गोष्ठीमा आयोगका सचिव डा. गणेशराज जोशीले सूचनाको हक ऐनको प्रभावकारी कार्यान्वयनका बारेमा कर्यपत्र प्रस्तुत गर्नु भएको थियो । छलफलमा सहभागीहरूले सूचनाको हक ऐन लागू गर्दा आउन सक्ने विभिन्न समस्याबारे जिज्ञासा, प्रश्न र सुझाव प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा ३४ जना सहभागीले भाग लिनु भएको थियो ।