National flag
logo
समाचार

२०६५ माघ  १३  गते, २००९ जनवरी २६ - पश्चिमाञ्चल, पोखरामा नेपाल सरकारका जिल्ला स्तरका कार्यालयका प्रमुखहरू र सूचना अधिकारीहरूको सूचनाको हक विषयमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । गोष्ठीमा सूचनाको हकसम्बन्धी ऐनका उद्देश्यहरू र नागरिकलाई सूचना दिनु पर्ने दायित्वको बारेमा छलफल हुनुका साथै ऐन र नियमावलीले गरेको सूचना माग्ने र सूचना दिने व्यवस्थाका साथै अभिलेख व्यवस्थापन र सूचना अधिकारीका कामका बारेमा छलफल गरी सुझाव लिइयो । 

गोष्ठीमा राष्ट्रिय सूचना आयोगका सचिव डा. गणेशराज जोशीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आयोगका सूचना आयुक्त श्री श्रीआचार्य पनि स्रोतव्यक्ति हुनुहुन्थ्यो । क्षेत्रीय कृषि निर्देशक श्री जनार्दन अधिकारीको अध्यक्षतामा पोखरास्थित क्षेत्रीय कृषि निर्देशनालयको सभाकक्षमा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा २३ जना सहभागी हुनुहुन्थ्यो ।