National flag
logo
समाचार

२०६५ पुस २८ गते, २००९ जनवरी १२ - नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका विभागहरुका सूचना अधिकारीहरुको सहभागितामा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन र सूचनाको व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । 

गोष्ठीको पहिलो सत्रको सुरुमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त श्री श्रीआचार्यले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । सूचना आयुक्त श्रीमती सबिता भण्डारीले "सूचनाको हक सम्बन्धी ऐनका मुख्य प्रावधानहरु" विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

दोस्रो सत्रमा आयोगका सचिव डा. गणेशराज जोशीले "सूचना व्यवस्थापन र सूचना अधिकारीको भूमिका" विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सहभागीहरुले सूचनाको हक कार्यान्वयनका सम्बन्धमा प्रश्नहरु राख्नुका साथै महत्वपूर्ण सुझाव दिनु भएको थियो । 

पहिलो सत्रको अध्यक्षता सूचना तथा संचार मन्त्रालयका सचिव श्री लीलामणि पौडेलले र दोस्रो सत्रको अध्यक्षता प्रमुख सूचना आयुक्त श्री विनयकुमार कसजूले गर्नु भएको थियो । कार्यक्रम संचालन उपसचिव श्री मोहन पोखरेलले गर्नु भएको थियो । गोष्ठीमा नेपाल सरकारका विभिन्न विभागका ३४ जना सूचना अधिकारीहरुको सहभागिता थियो ।