National flag
logo
समाचार

सूचनाको हक दिवसको उपलक्ष्यमा

राष्ट्रिय सूचना आयोगको विज्ञप्ति

नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिकसरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ भनी सूचनाको हकलाई मौलिक हककोरूपमा व्यबस्था गरी नागरिक हकको प्रत्याभूति गरेको छ । यसै अनुरुप नेपालमा २०६४ साल भाद्र ३ गतेसूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको आज पाँच वर्ष पूरा भएको छ । यस उपलक्ष्यमा राष्ट्रियसूचना आयोगले विभिन्न कार्यक्रम आयोजना गरी मनाई रहेको छ ।

सूचनाको हकसम्बन्धी ऐनले सरकारका काम खुला र पारदर्शी बनाउने, सरकारी तथा र्सार्वजनिकनिकायहरुलाई नागरिक प्रति जवाफदेही बनाउने, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वकासूचनामा आम नागरिकको पहुँच सजिलो सँग पु-याउने, नागरिको सुसूचित हुने हक लागू र संरक्षण गर्नेतथा राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सूचनाको संरक्षण गर्ने उद्देश्य लिएको व्यहोराविदितै छ ।

सोही उद्देश्य प्राप्त गर्न २०६५ जेष्ठ २४ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो । यस आयोगलेन्यायिक भूमिका अन्तर्गत पुनरावेदन, उजुरी, निवेदन उपर� सुनुवाइ र निर्णय गरिरहेको व्यहोराजानकारी गराउन चाहन्छौं । साथै सार्वजनिक निकायको अनुगमन, निरीक्षण साथै सूचनाको हककोसम्बन्धमा जनचेतना जगाउन प्रशिक्षक प्रशिक्षण, सूचना अधिकारीलाई तालिम, पोष्टर, पप्लेट, व्यानरवितरण, रेडियो कार्यक्रम, उपत्यकाका प्रमुख नाकाहरुमा होर्डिङ वोर्डको व्यबस्था, पोष्ट पेड मोवाईलमाएस एम एसद्वारा जानकारी, लोक कल्याणकारी विज्ञापन मार्फत सूचनाको सम्प्रेषण गर्ने कार्यगरिआएको छ । सूचनाको हकसम्वन्धमा नागरिकलाई जानकारी दिने उद्देश्यले नोटिस वोर्ड सेवा समेतसंचालनमा ल्याएको छ । नोटिस वोर्ड सेवा नं १६१८४६०१२१२ बाट नागरिकले सूचना माग गर्नका लागिचाहिने जानकारी माग गर्ने व्यबस्था मिलाइएको छ ।

सूचनाको हकको प्रवर्द्धनका लागि तथा नागरिकमा यो हक सम्बन्धी बढी जानकारी पुर्याउने तथानागरिकले सूचनाको हकको बढी प्रयोग गरी सार्वजनिक निकायका काम कारवाहीबाट बढी लाभ लिनसक्षम हुन सकून् भनी विभिन्न जिल्लाहरूमा अन्तरक्रिया कार्यक्रम, वक्तृत्वकला तथा निवन्धप्रतियोगिता, लेखनवृत्ति तथा सहयोगी संस्थाहरू मार्फ समेत विभिन्न सचेतनामूलक कार्यक्रम संचालनगरिरहेको छ । चालू वर्ष आयोगको पंचवषीर्य रणनीतिक योजना तर्जुमा गरी जनसमक्ष ल्याइनेछ ।

सूचना दिवसकै सन्दर्भमा राष्ट्रिय सूचना आयोगको कार्यालय, पेरिसडाँडा कोटेश्वरमा सूचना अधिकारकेन्द्र स्थापना गरी सूचना माग गर्ने नागरिकलाई यसको प्रकृयाको बारेमा जानकारी दिने, सूचना प्राप्तगर्न परेका वाधा अवरोध हटाउने, कानुनी सहायता दिने, निवेदनको ढाँचा उपलव्ध गराउने, टोलफ्री नम्वरतथा सूचना प्रविधिको नविनतम प्रविधिवाट जानकारी तथा सहयोग गर्ने व्यवस्था मिलाउन लागेको छ ।यसबाट सूचनाको हक कार्यान्वयन गर्न गराउन तथा सार्वजनिक निकायमा रहेका सूचनामा नागरिककोपहुँचमा अभिबृद्धि हुने आशा गरिएको छ ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रचलन गर्न, गराउन खेलेको भूमिकाप्रति नेपाल सरकार एवंप्रबुद्ध नागरिक, सार्वजनिक निकाय, संचार तथा प्रेस जगत, पत्रकार मित्रहरु, नेपाल पत्रकार महासंघ,नेपाल बार एसोसिएशन लगायतका संस्थाहरुबाट प्राप्त सकारात्मक सहयोगको लागि हार्दिक कृतज्ञताव्यक्त गर्दै भविष्यमा अझ बढी सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा गरेको छ ।

मितिः- २०६९।५।१

राष्ट्रिय सूचना आयोग,

पेरीसडाँडा, कोटेश्वर, काठमाण्डौ ।

फोन नम्बरः- ४६०२७४७/४६०२९२०

फ्याक्स नम्बरः- ४६०१२१२

इमेलः- nicnepal@wlink.com.np

वेवर्साईटः- www.nic.np