National flag
logo
समाचार

संसारभरि २८ सेप्टेम्बर (असोज १२ गते) को दिनलाई विश्व थाहा दिवस अर्थात् सूचना पाउने अधिकारबारे चेतना जगाउने दिनको रूपमा मनाइँदैछ । सरकारी तथा र्सार्वजनिक निकायमा रहेका र्सार्वजनिक सरोकारका सूचना, जानकारी आमजनताले माग्ने र पाउने अधिकारलाई कतै सूचनाको स्वतन्त्रता (Freedom of Information, FOI), जान्न पाउने अधिकार (Right to Know) र कतै सूचनाको अधिकार/हक (Right to Information, RTI) भनिन्छ । नेपालमा गत वर्षव्यवस्थापिका संसदले सूचनाको हकसम्बन्धी ऐन पारित गरेपछि नेपाली नागरिक पनि सूचनाअधिकार सम्पन्न भएका छन् । यो दिवस सन् २००२ देखि मनाउन थालिएको हो । २००२ को सेप्टेम्बर २८ को दिन बुल्गेरियाको सोफियामा झण्डै तीन दर्जन देशबाट खुला, पारदर्शी शासनका र्समर्थकहरू भेला भएर सूचनाको स्वतन्त्रताका लागि जनवकालत गर्नेहरूको संजाल बनाएका थिए । सूचनामा पहुँचका अभियानकर्ताहरूको उक्त अन्तष्ट्रिय भेलाले संसारभरि सूचनाको अधिकार संवर्द्धन गर्नका आजको दिनलाई अभियानको प्रतीक बनाउने र सूचनाको स्वतन्त्रता अभिवृद्धि गर्नकालागि समर्पित गर्ने निधो गरे । सार्वजनिक निकायको नियन्त्रणमा रहेका सूचनाहरू माग्ने र पाउने आमजनताको अधिकार हो भन्ने चेतना जनसाधारण र सरोकारवालाहरूमा फैलाउनु विश्व थाहा दिवसको उद्देश्य हो । सूचनामा व्यक्तिगत पहुँचका साथै खुल्ला, पारदर्शी सरकारलाई सर्म्बर्द्धन गर्न विभिन्न निकायसँग मिलेर काम गर्नु यसको मुख्य लक्ष्य हो । सरकारी मात्रै होइन सामाजिक क्षेत्रमा पनि हरेक काम गोप्य रूपमा गर्ने सामन्ती परम्परा रहेको समाजमा सूचनाको हकसम्बन्धी ऐन लागू गर्नु निश्चय नै ठूलो हाँक हो । बाधकको रूपमा एकातिर गोप्यताको परम्परामा हुर्केको सामन्ती समाज र सरकारी प्रशासनयन्त्र छ भने अर्कोतिर अज्ञानता र सूचनाविहीनतामा बाँच्ने बानी परेको र नबोल्ने संस्कारमा हुर्केको बहुल समाज छ । तर पारदर्शिता र सूचनामा पहुँचबिना लोकतन्त्र दिगो हुन सक्तैन । यसैले सूचना दिनुपर्ने र माग्ने अधिकार भएका दुबै पक्षलाई सूचनाको अधिकार र यसका लाभबारे सचेत र सक्रिय पार्न नेपाली प्रेस र प्रबुद्ध नागरिक समाज र संस्थाहरू प्रयत्नशील हुनुपरेको छ । वर्षौँदेखि चलिआएको अनुत्तरदायी र अपारदर्शी शासन व्यवस्थालाई समाप्त पारी, गोपनीयताको संस्कारमा हुर्केको समाजलाई परिवर्तन गरी, जनउत्तरदायी, पारदर्शी, लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न र दिगो बनाउनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ अपूर्व अवसरको रूपमा आएको छ । यसलाई सदुपयोग गरेर नेपाली जनतालाई साँच्चै देशमा लोकतान्त्रिक परिवर्तन आएको र आफू यो देशको मालिक भएको अनुभूति दिलाउन सकिन्छ । यो राष्ट्रिय कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नेपाली प्रेससँग राष्ट्रिय सूचना आयोग विनम्र अनुरोध गर्दछ । राष्ट्रिय सूचना आयोग २०६५ असोज ७ गते