National flag
logo
समाचार

काठमाडौं । २०७३ पुष ३ गते । राष्ट्रिय सूचना आयोगद्धारा सञ्चारकर्मीहरुका लागि सूचनाको हक सम्वन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बास्कोटाले लोकतन्त्रको प्राण वायूका रुपमा रहेको सूचनाको हकको व्यापक प्रयोग गर्न संचारकर्मीलाई आग्रह गर्नु भयो   । साथै उहाँले नेपालको संविधान र कानूनमा सूचना “माग्ने र पाउने" हकका साथै प्रवाह गर्ने हक पनि थप गर्नु पर्ने कुरा बताउनु भयो । सो कार्यक्रममा सूचना आयुक्त श्री यशोदा तिम्सिनाले संचारकर्मीहरु राज्य र जनता वीचका सेतु भएकोले जनताको पक्षमा सूचना खोजी गर्न आग्रह गर्नु भयो । यस कार्यक्रममा  सचिव श्री शरदराज विष्ट, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दहाल, धर्मेद्र झा र शिव गाउले तथा वरिष्ठ प्रशिक्षक केदार रायमाझीले पनि प्रशिक्षण दिनु भएको थियो । 

सो कार्यक्रमको अन्त्यमा २३ जना सहभागी पत्रकारहरुले निम्नानुसरका पाँच बूँदे धुलीखेल घोषणा पत्र तयार पारी आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
१. हामी सहभागीहरूका भेलाले यस प्रशिक्षक प्रशिक्षण कार्यक्रमकोे प्रभावकारीतालाई मनन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रलाई निरन्तरता दिनुपर्ने ठहर गर्दछौ ।
२. यो प्रशिक्षण कार्यक्रममा प्राप्त ज्ञान र सीपलाई आफ्नो पेशागत र व्यबहारिक जीवनमा उपयोग गर्दै अन्य क्षेत्रमा पनि प्रसार गर्ने दृढता व्यक्त गर्दछौ र यसको लागि राष्ट्रिय सूचना आयोगले सहयोगीको भूमिका खेली दिने छ भन्ने अपेक्षा राख्दछौं ।
३. सूचनाको हकको क्षेत्रमा काम गर्ने संघ संस्था र निकायले सूचनाको हकसम्वन्धी कानून भित्रका औपचारिकतालाई देखाएर सम्बन्धित निकायहरूले सूचना दिन ढिलाई वा कञ्जुस्याई गर्ने, समाचार लेख्नमा दुरुत्साहन हुने गतिविधि, व्यवहार र पवृत्तिलाई सूचनाको हकको प्रयोग मार्फत निरुत्साहित गर्ने तर्फ हामी सहभागीहरूले शशक्त्त भूमिका खेल्नेछौ ।
४. विद्यमान संविधान र कानूनमा नागरिकले सूचना माग्ने र प्राप्त गर्ने अधिकारका साथै प्रवाह गर्ने अधिकार सहितको प्रावधान हुनुपर्ने मागका बारेमा आआफ्नो क्षेत्रबाट शशक्त्त भूमिका खेल्नेछौ ।
५. सूचनाको हकको प्रयोगलाई पत्रकारिता मार्फत अझै शशक्त्त बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गर्दछौ ।