National flag
logo
समाचार

प्रेश विज्ञप्ति
२०७२ असार २३ गते बुधबार

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको नेतृत्वमा क्यानडामा संचालित सूचनाको हकसम्बन्धी कार्यक्रमको अध्ययन भ्रमणमा गएको टोली एक हप्ता पछि नेपाल र्फकिएको छ । सो टोलीमा आयुक्त यशोदा तिम्सिना, सचिव लक्ष्मण मैनाली र उपस्थित उप–सचिव गौलोचन सैंजू हुनुहुन्थ्यो ।

राष्ट्रिय सूचना आयोगको टोलीले क्यानडाको राजधानी ओटावामा राष्ट्रियस्तरको सूचना आयोगका प्रमुख सुजन लेजुल्टसँग संविधानमा आयोगको स्थिति, क्यानडाका सफलता र चुनौतिका विषयमा गंभिर छलफल गरेको थियो । यसैगरी अध्ययन टोलीले क्यानडामा रहेका १३ वटा प्रान्त मध्ये सर्वाधिक ठूलो टोरोन्टोस्थित सूचना आयोगका आयूक्त सेरी लियाङ्गसँग सूचना माग गर्ने, उजूरी गर्ने, अध्ययन अनुसन्धान गर्ने र फैसला गर्ने विषयमा विस्तृत कुराकानी गरेको थियो । साथै आयोगको टोलीले पुस्तकालय तथा पुरातत्व र कानून विभाग तथा ट्रेजरी वोर्ड अफ क्यानडाका उच्च पदाधिकारीहरुसँग भेटघाट छलफल गरेको थियो । यसैगरी टोलीले वरिष्ठ पत्रकारहरू केन सुविन, डिन वेर होम हेनेफर तथा गैर सरकारी संस्था पेन क्यानडाका कार्यकारी प्रमुख तस्मिल तरवरसँग पनि भेटघाट गरेको थियो ।

(गौलोचन सैजू)
उपसचिव