National flag
logo
समाचार

२०७३ असोज १२ गते । सूचनामा सर्वव्यापी पहुँचकालागि अन्तर्राष्ट्रिय दिवस–२०७३ तदनुसार International Day for Universal Access to Information 2016 को उपलक्ष्यमा आज राष्ट्रिय सूचना आयोगबाट बिशेष कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा प्रमुख अतिथि सर्बोच्च अदालतका माननीय न्यायाधिश श्री सपना प्रधान मल्लज्यू हुनुहुन्थ्यो ।


राष्ट्रिय सूचना आयोगले सूचनाको हकको क्षेत्रमा बिशेष योगदान पुर्याए बापत श्री मुक्तिनाथ भुषाल, श्री प्रविणकुमार शर्मा, श्री शारदा भुसाल (झा), श्री सुरेश आचार्य र श्री गणेशबहादुर बानियाँलाई रु. तीस हजारको नगद पुरस्कार सहित सम्मान गरेको छ । यसै गरी सूचना प्रवाह तर्फ उत्कृष्ट भूमिका निर्वाह गरे बापत लोक सेवा आयोगकी सूचना अधिकारी श्री गीता हुमेगाँई र जिल्ला बिकास समिति बाग्लुङका सूचना अधिकारी श्री अखिलनाथ शर्मालाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रस्तुत पुरस्कार सिफारिस गर्न आयोगका सचिबको अध्यक्षतामा प्रेस काउन्सिलका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष / प्रतिनिधि र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सूचना तथा संचार मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र आयोगको सहसचिब समेत रहेको सिफारिस समिति गठन गरिएको थियो ।

 
आजको कार्यक्रमलाई संबोधन गर्दै सर्बोच्च अदालतका माननीय न्यायाधिश श्री सपना प्रधान मल्लले सूचनाको हक व्यक्तिको जीवनलाई सशक्त हुन र सम्बृद्ध हुन सहयोग पुर्यांउने भएकाले सूचना दिनु पर्ने अवस्थाको सट्टा निःशुल्क बनाउन सकेमा सम्बृद्ध हुने सकिन्छ भन्दै सूचना दिनु पर्ने दायित्व भएकाहरुलाई उत्तरदायी बनाउन आयोगले भूमिका बढाउन आवश्यक भएको बताउँदै सूचनाको हक नागरिकको मौलिक हक भएकाले यसको पालनामा सबैले उच्च प्राथमिकता दिनु पर्ने कुरा बताउनु भयो । यसै गरी कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि संघीय र प्रान्तिय सूचना आयोग बनाउनुपर्ने नागरिकले सूचना माग्न आएका अधिकतम रुपमा संवय खुलासा गर्ने सिद्धान्तको परिपालना गर्न अनुरोध गर्दै कानूनले नागरिकलाई सूचना दिनुपर्ने संवेधानिक व्यवस्था भएकाले सूचना दिन सहज बनाउनुहोस भन्ने अनुरोध गर्नुभयो । नेपालमा सूचना लिने दिने संस्कृतिको विकास भई रहेको कुरा बताउनु भयो । यसै गरी आयुक्त किरण पोखरेलले सूचनाको हकको दायरा फराकिलो बनाउँदै लोतकतन्त्रको बलियो बनाउन सकिने भएकोले यसमा प्रण गरौ पारदर्शिताले मात्र सुखी, सम्बृद्ध र सदाचारयुक्त समाज निर्माण गर्न सकिन्छ भन्दै नागरिकलाई आफ्नो सूचना माग्ने र पाउने हकको अधिकतम प्रयोग गर्न अपिल गर्नु भयो । आयुक्त यशोदा तिम्सिनाले सूचना लिने दिने बानि बसाल्ने कार्यलाई निरन्तरता दिदै जान अनुरोध गर्दै सबैलाई सूचना पु¥याउनु पर्ने भन्नुभयो साथै नेपालमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनसँगै सार्वजनिक निकायमा देखिएका वेथितिहरु टुङ्गो लाग्ने कुरा बताउनु भयो ।


सो कार्यक्रममा आयोगका सचिब शरदराज बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल प्रेस काउन्सिलका अध्यक्ष श्री वोर्ण बहादुर कार्की र सूचनाको हकको अभियान्ता सुरेश प्रसाद आचार्य लगायतले ८आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वेदनिधि अधिकारी 
सहायक प्रवक्ता