National flag
logo
समाचार

प्रेस विज्ञप्ति


मिति ः २०७४।०५।०२


भदौ २,


दशौँ राष्ट्रिय सूचना दिवस आज एक विशेष समारोहबीच मनाइयो । सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागु भएको उपलक्ष्यमा राष्ट्रिय सूचना आयोगले प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको छ । आज आयोजित विशेष समारोहमा बोल्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले सूचना पाउने नागरिकको अधिकार भएकाले सूचना दिन कसैले पनि डराउनु नपर्ने बताउनुभयो । उहाँले अदालतका सूचना सम्पूर्ण रुपमा नै पारदर्शी हुने गरेकाले नै यो सदिऔँ देखि जिवन्त रहेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, ‘‘तपाई जति पारदर्शी हुनुहुन्छ तपाईप्रतिको विश्वास र भरोसा उति नै बढ्छ । यो विश्वास र भरोसा जगाउने कार्य सूचना प्रवाहले नै गराउने हो ।’’ प्रधानन्यायाधीश पराजुलीले सूचना आयोग र अदालत एक अर्काका पूरक रहेको बताउँदै भन्नुभयो ‘‘खुसामति प्रशासन अब चल्दैन । राज्यप्रणाली तोकेर, रोकेर र छेकेर पनि चल्दैन । जनताको संवैधानिक र कानूनी अधिकार जति बढी स्थापित हुन्छ राज्यप्रणाली प्रतिको भरोसा त्यति नै बढ्छ ।’’


कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जनता आफैँ सूचना माग्न आउने परिस्थिति निर्माण नभएसम्म नागरिकको सूचनाको हकको प्रयोग गरेर जनतालाई सुसुचित गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले जनताको सूचनाको अधिकार प्रत्याभूत गराउने राष्ट्रिय सूचना आयोगको यो अभियानमा आफू एक सक्रिय सदस्यका हैसियतले लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
व्यवस्थापिका संसदका विकास समितिका सभापति रविन्द्र अधिकारीले आयोगको क्रियाशीलताले सूचनाको हकको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिएको बताउँदै लोकतन्त्रमा सूचना प्रवाह अनिवार्य भएको विचार व्यक्त गर्नुभयो । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने संस्कृतिले कर्मचारीतन्त्रलाई आचरणशील र जनप्रिय बनाउन ठूलो मद्दत पुग्ने बताउँदै सूचनाको हकको प्रभावकारी कार्यान्वनमा लाग्न कर्मचारीहरूलाई अपिल गर्नुभयो ।


आयुक्त किरण कुमार पोखरेलले नेपालमा लोकतन्त्रका लागि पटक पटक संघर्ष गर्ने तर टिकाउन नसक्नुको कारण जनतालाई अनुभूत गराउने माध्यमको कार्यान्वयनमा उदासिनता देखिनुभएको बताउनुभयो । आयुक्त श्री यशोदादेवी तिम्सिनाले सूचना माग्ने बानीले सर्वसाधारण जनतालाई न्याय दिलाउने बताउँदै सूचना माग्ने प्रवृत्तिको विकास गर्न नागरिकहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका सचिव श्री यामकुमारी खतिवडा सूचनाको हकका अभियान्ता तारानाथ दाहाललगायतले पनि सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । कार्यक्रममा आयोगले सूचनाको हकको क्षेत्रमा उत्कृष्ट काम गरेबापत ५ जना सूचनाको हकका अभियान्ता र ५ जना सूचना अधिकारीलाई पुरस्कृत गरेको थियो । जसको राशी नगद रु. ३० हजार रहेको छ ।


सूचनाको हकका अभियान्ताहरू मूकेश कूमार कूशवाहा, नमस्कार शाह, सर्फुल्लाह अन्सारी, शेर बहादूर सार्की र राजू ९काल तथा उत्कृष्६ कार्यालय प्रमूख र सूचना अधिकारीमध्येबा६ पदमराज पा७क, धिरेन्द्र भ०८ारी ६िकाराम शर्मा प्रमोदराज रेग्मी भविश्वर पा०८ेलाई पूरस्कृत गरिएको थियो । यसैगरी सुचनाको हकको क्षेत्रमा योगदान गरेबापत राष्६ि«य सुचना आयोगमा कार्यरत शाखा अधिकृत श्री विक्रम शर्मा, शाखा अधिकृत श्री सूभाष न्यौपाने र शाखा अधिकृत श्री प्रमिता शर्मालाई पूरस्कार प्रदान गरिएको थियो । कर्मचारीलाई दिइएको पूरस्कारको राशी रु. ज्ञज्ञ,ज्ञ,ज्ञज्ञ।ण्ण् रहेको ५ ।