national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

पृष्ठभूमि

सूचनाको हकसम्वन्धी ऐन, २०६४ अनुसार राष्ट्रिय सूचना आयोगको स्थापना भएको हो । यो आयोगमा एक जना प्रमुख सूचना आयुक्त र एक जना महिला सहित दुई जना सूचना आयुक्त रहने व्यवस्था छ । नेपाल सरकारको राजपत्राङ्गित प्रथम श्रेणीको अधिकृत आयोगको प्रशासकीय प्रमुख रहने व्यवस्था छ । आयोगले सार्वजनिक निकायमा रहेका सूचना नागरिकको पहुँचमा पुर्याउने, खुला र पारदर्शी संस्कृतिको विकास गर्ने, सार्वजनिक पदाधिकारीलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सूचना सार्वजनिक गराउन सम्बन्धीत निकायलाई आदेश दिने लगायतका काम गर्नुका साथै सार्वजनिक निकायका प्रमुख वा सूचना अधिकारीले त्यस्तो सार्वजनिक गर्नु पर्ने सूचना सार्वजनिक नगरे वा मागकर्तालाई नदिएमा उजुरी, पुनरावेदन सुन्ने तथा सजाय समेत गर्दछ । हाल आयोगको केन्द्रीय कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहेको छ ।