National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगद्वारा कास्कीको पोखरामा आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटाले कार्यक्रमको उद्घाटन गर्दै संविधान र कानूनले निर्धारण गरे अनुसार ३।३ महिनामा आफ्नो निकायसँग सम्बन्धित सूचना सार्वजनिकीकरण गर्न, सूचना अधिकारी तोक्न र सूचना मांगमा परेका निवेदनको छुट्टै अभिलेख राख्न आग्रह गर्नुभयो । प्रमुख आयुक्त बाँस्कोटाले परिवर्तन उन्मुख सोचका साथ काम गर्न आग्रह गर्न पनि सम्बन्धित पदाधिकारीहरुलाई आग्रह गर्नु भयो । कानूनले केवल पाँच प्रकारका सूचनामा मात्रै रोक लगाएकाले अन्य सूचना नागरिकका लागि स्वतः खुल्ला रहेकोले तिनको प्रचलनमा सबै सार्वजनिक निकायका प्रमुखहरु खरो उत्रिनु पर्ने उहाँको भनाई थियो । २ दिन संचालन हुने उक्त कार्यक्रममा कर्यालय प्रमुख, सूचना अधिकारी, नागरिक समाजका अगुवा, सूचनाको हकका अभियन्ता, पत्रकार लगायतको करिब १०० जनाको उपस्थिति थियो । कार्यक्रम क्षेत्रीय हुलाक निर्देशक श्री धनश्याम भण्डारीको सभापतित्वमा  भएको थियो भने सहायक प्रजिअ चन्दनाथ गौतमले पनि बोल्नु भएको थियो ।