National flag
logo
समाचार

सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा १९ अनुसार आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनासम्बन्धी अभिलेख,लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्ने |
(ख) त्यस्तो निकायमा रहेको अभिलेख, लिखत वा अन्य सामग्रीसम्बन्धी सूचना सूचिकृत गरी मिलाई राख्न आदेश दिने |
(ग) नागरिकको जानकारीको लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने |
(घ) समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने |
(ङ) सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमको दायित्व पालना गर्न गराउन सम्बन्धित पक्षलाई आदेश दिने |
(च) नेपाल सरकार र सूचना तथा सञ्चारसँग सम्बन्धित विभिन्न निकायहरूलाई सूचनाको हकको संरक्षण र सर्म्बर्द्धनका लागि आवश्यक सुझाव दिने वा सिफारिश गर्ने |
(छ) सूचनाको हकको संरक्षण, सर्म्बर्द्धन र प्रचलन गर्नको लागि आवश्यक पर्ने अन्य उपयुक्त आदेश दिने |

माथि उल्लेख भएको काम कर्तब्य र अधिकारको अतिरिक्त आयोगका थप काम कर्तब्य र अधिकार निम्नानुसार रहेका छन् |
(ज) सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना प्रवाह गर्न इन्कार गरी परेका पुनराबेदन उपर आदेश जारी गर्ने |
(झ) सूचना प्रवाह गर्न बढी दस्तुर माग भएको उजुरी सुन्ने उपयुक्त आदेश दिने |
(ञ) सूचनादाताको संरक्षणको उजुरी ऊपर उचित आदेश दिने र आवश्यकता अनुसार क्षेतिपूर्ती भराउने निर्णय गर्ने |
(ट) सूचना नपाएर पुग्न गएको हानी नोक्सानीको क्षत्तिपूर्ति माग भै पेस हुने उचित आदेस जारी गर्ने |
(ठ) सूचनाको बर्गीकरणमा चित्त नबुझी दिइने निवेदन उपर पुनरावलोकन गर्न आदेश जारी गर्ने |
(ड) सूचना नदिने, सूचनाको दुरुपयोग गर्ने र आयोगको आदेश पालना नगर्ने लाई दण्ड गर्ने |
(ढ) आफ्नो कार्यसम्पादनको लागि आवस्यक कार्यविधि तर्जुमा गर्ने |                                                                                                                               (ण) आफूले सम्पादन गरेको कामको बार्षिक प्रतिबेदन प्रधानमन्त्री मार्फत व्यवस्थापिका संसदमा पेश गर्ने |