National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटाले रामेछापको सदरमुकाम मन्थलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित सूचनाको हक सम्बन्धी अभिमुखीकरण तालीमको २०७१ चैत्र ५ गते उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख आयुक्त बाँस्कोटाले सार्वजनिक निकायमा रहेको सूचन पाउने र जान्ने हक नागरिकमा रहेकाले सरकारी कार्यालयहरुले आफूसँग भएका सूचना तीन÷तीन महिनामा नियमितरुपमा साजर्वजनिक गर्न आग्रह गर्नु भयो । नागरिकका मौलिक हकको निर्वाध प्रचलन गर्न गराउन उहाँले जोड दिनु भयो ।

सो बखत रामेछापमा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिएको थियो । कार्यालय प्रमुख, सूचना अधिकारी र पत्रकार गरी करिब १०० जनाको उपस्थिति रहेको सो एक दिने कार्यक्रममा सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा र उपसचिव देवी थपलियाले कक्षा संचालन गर्नु भएको थियो ।