National flag
logo
समाचार

सूचनाको हकलाई सार्वजनिक हित तथा प्रवद्र्धनका लागि प्रयोग गरी सार्वजनिक निकायलाई खुला, पारदर्शी,

जवाफदेही र उत्तरदायी बनाउन उदाहरणीय कार्य गरी उत्कृष्ट योगदान गर्ने नेपाली नागरिक, राष्ट्रसेवक कार्यालय

प्रमुख र सूचना अधिकारीलाई प्रत्येक वर्ष नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै आएकोमा यस वर्ष पनि सोही

अनुरुप पुरस्कृत गर्ने कार्यक्रम रहेको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सूचना मागकर्ता (Demand Side) पक्षबाट ७ जना र सूचना आपूर्ति पक्ष (Supply Side) बाट ७ जनालाई

    नगद पुरस्कार र प्रंशसापत्र प्रदान गरिनेछ ।

२. पुस्कारका लागि दावी गर्ने तथा मनोनयन गर्ने फाराम र सिफारिश गर्ने आधार र कारण सहितको पुष्ट्याई

    फारामहरु राष्ट्रिय सूचना आयोगको वेवसाइट : www.nic.gov.np मा गई Download गरी प्राप्त गर्न सकिनेछ ।

    सो फाराममा उल्लेखित आवश्यक विवरण भरी छिटो साधनद्वारा राष्ट्रिय सूचना आयोगमा पठाउनु पर्नेछ ।

    साथै उक्त फाराम भरी info@nic.gov.np मा Email मार्फत पनि पठाउन सकिनेछ । मनोनयन फाराम

    आयोगमा २०७५ साल श्रावण १५ गते भित्र आइपुगी सक्नु पर्नेछ । सो मिति भन्दा पछि प्राप्त फारामहरुलाई

    मूल्यांकनमा समावेश गरिनेछैन ।

 ३. राष्ट्रसेवक वाहेक अन्य व्यक्तिहरुको मनोनयन र सिफारिशकर्ताको हकमा व्यक्ति स्वंय, सूचनाको हक सम्बन्धी

    कार्य गर्ने गराउने व्यक्ति वा संस्था वा निकाय वा कुनै पनि सार्वजनिक निकायको प्रमुख पदाधिकारी हुन सक्नेछ ।

    राष्ट्रसेवकको हकमा निज कार्यरत रहेको निकायको प्रमुखबाट मनोनयन हुनुपर्नेछ ।

४. नेपाल सरकारकाका सचिव, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश स्थित मन्त्रालयका सचिव, प्रमुख जिल्ला

    अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र स्थानीयतहका कार्यालय

    प्रमुखहरुलाई मिति २०७५÷०३÷१९ गोरखापत्रमा प्रकाशित सूचनालाई आधार मानि आ–आफ्नो निकायहरुबाट

    पुरस्कारका लागि मनोनयन गरि पठाउनहुन  अनुरोध छ ।

५. विस्तृत विवरणका लागि यस आयोगको सूचनापाटी, आयोगको वेवसाइट nic.gov.np मा हेर्न सकिनेछ ।

    यस विषयमा थप जानकारीका लागि आयोगको सम्पर्क नं. ०१–४४९६५४४ र

    ४४६४४१२ (देविनगर – १० बानेश्वर) मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

                                              

                                                                                                 राष्ट्रिय सूचना आयोग

                                                                                                 देवीनगर  - १०, काठमाडौँ

                                                                                                 फोन न. ०१-४४९६५४४

                                                                                                 फ्याक्स न. ०१-४४९६५४५

                                                                                                 इमेल : info@nic.gov.np