National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगले गरेका मुख्य मुख्य कार्यहरु

(ESP समेतको सहयोगमा)
राष्ट्रिय सूचना आयोग सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचनाको हक संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन गठित स्वतन्त्र निकाय हो । सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गराई सूचनामा नागरिकको पहुँच बढाई आफ्ना काम कारवाही खुला र पारदर्शी बनाउने तथा सरकारी तथा सार्वजनिक निकायहरुलाई नागरिकप्रति जवाफदेही बनाउनका लागि राष्ट्रिय सूचना आयोगको भूमिका महत्वपूर्ण रहेको छ । यसैगरी आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ कार्यान्वयन सम्बन्धमा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने उद्देश्यका साथ   २०६९ चैत्र देखि २०७० पुस सम्म गरिएका मुख्य कार्यहरु देहाय बमोजिम रहेका छन् ।