National flag
logo
समाचार

२०६५ माघ  २१  गते, २००९ फेब्रुअरी ३ - नेपालगंजमा मध्यपश्चिमाञ्चल, बाँके जिल्लामा रहेका नेपाल सरकारका जिल्ला स्तरका कार्यालयका प्रमुखहरू र सूचना अधिकारीहरूका लागि सूचनाको हक विषयमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । गोष्ठीमा राष्ट्रिय सूचना आयोगका सचिव डा. गणेशराज जोशीले "सूचनाको हक ऐन र सूचना अधिकारीको दायित्व" विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सूचनाको हकसम्बन्धी ऐनका उद्देश्यहरू र नागरिकलाई सूचना दिनु पर्ने दायित्वको बारेमा छलफल हुनुका साथै ऐन र नियमावलीले गरेको सूचनाको माग्ने र सूचना दिने व्यवस्थाका साथै सूचना अधिकारीका दायित्वका बारेमा पनि गोष्ठीमा छलफल भयो । सहभागीहरूबाट गहकिला सुझावहरू प्राप्त भयो ।   

गोष्ठीमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त श्री श्रीआचार्य र आयोगका सचिव डा.गणेशराज जोशी स्रोतव्यक्ति हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी श्री गणेशबहादुर खत्रीको अध्यक्षतामा नेपालगंजस्थित जिल्ला कृषि विकास कार्यालयको सभाकक्षमा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा ३९ जना सहभागी हुनुहुन्थ्यो ।