National flag
logo
समाचार

नागरिकको सूचनाको हक स्थापित गर्ने सन्दर्भमा राष्ट्रिय सूचना आयोगद्धारा संचार माध्यमका सम्पादकहरुसंग आज अन्तरक्रिया गरियो ।  अन्तरक्रियामा आयोगका तर्फबाट नागरिकको सूचनाको हक स्थापित गर्न आयोगले खेल्नुनर्पे भूमिकाका बारेमा सम्पादकहरुसंग सुझाब मागिएको थियो । त्यसक्रममा संविधान र कानूनले जनताको सूचनाको हकलाई मौलिक हकका रुपमा व्यबस्था गरे पनि आम नागरिक अनभिज्ञ रहेकोले जनचेतना जागृत गराउने काममा सहयोग गर्न संचार माध्यमका सम्पादहरुसंग आग्रह गरिएको थियो ।

अन्तरक्रियामा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक सम्बन्धी ऐनमा कुनै पनि संगठनभित्र भ्रष्टाचार, अनियमितता र कानून विपरित काम हुन लागेको भएमा त्यसलाई सार्बजनिक गर्नु हरेक कर्मचारीको कर्तव्य भएको बताउँदै त्यसो गर्दा कसैलाई कुनै कठिनाई आएमा आयोगले न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचनाको हक सम्बन्धी कानून कार्यान्वयनमा दक्षिण एसियामा नेपालको स्थिति सकारात्मक रहेको उल्लेख गर्दै प्रमुख आयुक्त बास्कोटाले आयोगले सूचनाको हक संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने काममा सबैको सहयोग र सुझाबको अपेक्षा गर्नुभयो । उहाँले ऐनको प्रभाबकारी कार्यान्वयनमा संचार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै त्यसमा सहयोग गर्न संचार माध्यमका सम्पादकहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रको प्रबद्र्धनका लागि सूचनाको हकको महाअभियानमा लाग्न संचार माध्यमका सम्पादकहरुसंग आग्रह गर्नुभयो । सो अबसरमा आयोगका अर्का आयुक्त यशोदा तिम्सिनाले नागरिकको सूचनाको हक प्रचलन गराउने सन्दर्भमा पत्रकारहरुको भूमिका सर्बाधिक महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पादकहरुले सूचनाको हक सम्बन्धी कानूनको प्रभाबकारी कार्यान्वयनका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो । अन्तरक्रियामा कान्तिपुर दैनिकका सुधिर शर्मा, राजधानी दैनिकका सम्पादक राजन शर्मा, गोरखापत्र दैनिकका सम्पादक सीताराम अग्रहरि, हिमालय टाइम्सका सम्पादक गोविन्द लुइटेल, नागरिक दैनिकका सम्पादक प्रतिक प्रधान, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, द काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्याय, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र बाग्ले, नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल तथा हिमाल खबरपत्रिकाका रामेश्वर बोहोर र नेपाल समाचार पत्रका दीपक रिजालको उपस्थिति रहेको थियो ।

गौलोचन सैजू

प्रवक्ता